नेसनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं। नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सभा प्रयोजनको लागि पुस २७ गते बुक क्लोज गर्ने भएको छ। यसअनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने र सभामा सहभागी हुन पाउने छन्।
कम्पनीको वार्षिक साधारण सभा माघ ६ गते क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ।
सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ५ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव पेश गर्ने भएको छ । साथै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने एजेण्डा पनि रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment