एमाले जिल्ला अधिवेशन : सुर्खेतमा बिसी, बाजुरामा शाही

डिसी नेपाल
२८ पुष २०७८ ९:३१
40
Shares

कर्णाली। नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन्। आज बिहान सम्पन्न पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गर्दै बिसी निर्वाचित भएका हुन्।

निर्वाचन समितिका अनुसार खसेको ६४९ कूलमतमध्ये बिसीले ३६८ र शर्माले २६७ मत प्राप्त गरे। उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएको निर्वाचन समितिका सदस्य रामबाबु बिसीले जानकारी दिए।

बाजुरा अध्यक्षमा शाही

मार्तडी : नेकपा (एमाले) बाजुराको अध्यक्षमा पुनः कालीबहादुर शाही निर्विरोध चयन भएका छन्। एमालेको सातौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा भरतबहादुर बुढा, सचिवमा भरतबहादुर थापा, उपसचिवमा जनककुमार बोहरा र हरिबहादुर रोकाया निर्विरोध चयन भएको निर्वाचन कमिटीका प्रमुख दिलीपबहादुर शाहीले जानकारी दिए।

एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाको संयोजकत्वमा बनेको अध्यक्षमण्डलले सर्वसम्मत जिल्ला कमिटी छनोट गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.