मंगलबार पाँच सयले बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ । कारोबारको तेस्रो दिन मंगलबार छापावाला सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १४ रुपैयाँ ५ पैसा कायम भएको छ ।







डिसी नेपाल








Facebook Comment