लाभांश पारित गर्न ज्योति लाईफ इन्स्योरेन्सले बोलायो फाल्गुन ६ गते साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

डिसी नेपाल
१३ माघ २०७८ ११:१६
84
Shares

काठमाडौँ। ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा फाल्गुन ६ गते बस्ने भएको छ। लाभांश पारित गर्न सभा वाटरफ्रन्ट रिसोर्ट, लेकसाइड पोखरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ। साथै,सभाले ४ जना संस्थापक समूहका र २ जना सर्वसाधारण समूहका गरी ६ जना सञ्चालकहरुको समेत चयन गर्ने छ ।

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

लाभांश तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले २४ माघमा बुक क्लोज गर्नेछ । यसअनुसार २३ माघसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.