आरम्भ चौतारी लघुवित्तले २१ प्रतिशत लाभांश दिँदै
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २१ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। बोनसमा लाग्ने कर तिर्न नगद भएको सेयरधनी आफैले तिर्नु पर्ने छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २८ करोड ६७ लाख ६३ हजार १ सय ४८ रुपियाँको २१ प्रतिशतले हुन आउने ६ करोड २ लाख २० हजार २ सय ६१ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने भएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिने सुचनामा उल्लेख छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment