जानकी फाइनान्सको ५१ हजार ३५ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
२६ माघ २०७८ १४:५१
24
Shares

काठमाडौं : जानकी फाइनान्सले ५१ हजार ३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक सेयरधनी मनोज कुमार साहले आफ्नो नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । यसको मूल्य भने खुलाइएको छैन ।

यस सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने कम्पनीले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको कर्पोरेट कार्यालय  जनकपुरमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम शेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.