बिहिबार पाँच सयले बढ्यो सुनको मूल्य
काठमाडौं। साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य बढेको छ । बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार प्रति तोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रति तोला १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५ सय ५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५ पैसा कायम भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment