लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो १० प्रतिशत बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

डिसी नेपाल
२७ माघ २०७८ ११:३६
24
Shares

काठमाडौँ। लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । साथै बोनसमा लाग्ने कर तिर्न ०.४७६१९ प्रतिशत नगद लाभांश दिने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्व १९ करोड ९० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ११ करोड ९८ लाख ८९ हजार रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने भएको छ। साथै, कर तिर्न ०.४७६१९ प्रतिशतले हुन आउने ५७ लाख ९ हजार रुपैयाँ नगद लाभांश दिने भएको छ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भइ आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.