११.९६ अंकले घट्यो नेप्से, ३ अर्ब ८२ करोडमाथिको कारोबार

डिसी नेपाल
२७ माघ २०७८ १५:३३
28
Shares

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक ११.९६ अङ्कले घटेर २ हजार ८०१.५९ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा नेपाल दुरसंचार कम्पनीर रहेको छ । यस कम्पनीको २५ करोड ४८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार ६ सय २४ रुपैयाँ ८० पैसा कायम भएको छ ।  त्यसपछि क्रमश : नेसनल हाइड्रोपावर र आईएमइ जनरल इन्स्योरेन्सको कारोबार भएको छ ।

बिहिबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ३ वटा उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । आज नेप्सेमा नबिल इक्युती फण्ड र सिन्धु विकास बैंकका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने मिथिला लघुवित्त र ग्लोबल आइएमइ समुनत स्किमका लगानीकर्ताले अधिक गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.