शुक्रबार पनि बढ्यो सुनको मूल्य

डिसी नेपाल
२८ माघ २०७८ ११:०८
56
Shares

काठमाडौं। साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बिहिबार प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९३ हजार ५  सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रति तोला १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.