हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२८ माघ २०७८ १०:४७
116
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ६१ पैसा र बिक्री दर १२० रुपैयाँ २१ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ८२ पैसा र बिक्री दर १३७ रुपैयाँ ५० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ३५ पैसा र बिक्री दर १६३ रुपैयाँ १७ पैसा छ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ४८ पैसा र बिक्री दर १३० रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ चार पैसा र बिक्री दर ८६ रुपैयाँ ४७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर ९४ रुपैयाँ ८५ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३३ पैसा र बिक्री दर १० रुपैयाँ ३८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८१ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८८ पैसा र बिक्री दर ३२ रुपैयाँ चार पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६५ पैसा र बिक्री दर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा छ । कोरियन वन १०० को खरिद दर १० रुपैयाँपैसा र बिक्री दर १० रुपैयाँ पाँच पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.