नेप्सेमा ३ बैंकको बोनस सेयर सूचिकृत, कुन बैंकको कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ बैंकको २ करोड ४० लाख ४७ हजार २८१.४७२५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बिहिबारको कारोबारमा साइन रेसुङ्ग डेभलपमेन्ट बैंक,नेपाल इन्फ्रास्ट्रक्चर बैंक र सिभिल बैंकको बोनस सेयर सूचिकृत भएको हो ।
साइन रेसुङ्ग डेभलपमेन्ट बैंकको ३७ लाख २५ हजार ४५१.०५२५ कित्ता बोनस सेयर सूचिकृत भएको हो। यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ प्रतिशतले हुन आउने १ करोड ६० लाख कित्ता बोनस सेयर सूचिकृत भएको हो। साथै, सिभिल बैंकले ५ प्रतिशतले हुने आउने ४३ लाख २१ हजार ८३०.४२ कित्ता बोनस सेयर सूचिकृत भएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment