लोकप्रिय बन्दै ट्याक्सीमाण्डु एप

डिसी नेपाल
६ फागुन २०७८ १६:३९
384
Shares

काठमाडौं। संसार अहिले प्रविधिको उच्चतम अभ्यासले अत्यन्तै द्रूत गतीमा दौडिरहेको छ। प्रविधिको माध्यमबाट मानिसहरुले घरबाट नै विभिन्न ठूला ठूला सेवाहरु प्राप्त गरिरहेका छन्। नेपालमा पनि पछिल्लो चरण विभिन्न नयाँ प्रविधिको अभ्यास भएसंगै मानिसहरुले लामो समय कुर्नुपर्ने झन्झट लिनुपर्ने बाध्यता हट्दै गएको छ।

त्यस्तै नयाँ प्रविधिको प्रयोग गर्दै बिगत ३ वर्षदेखि काठमाडौं उपत्यकामा सेवा प्रदान गर्दै आएको ट्याक्सीमाण्डु अहिले सेवाग्रहीको लागि आकर्षक र सजिलो बन्दै गएको छ। त्यस्तै प्रविधि अन्र्तगत काठमाडौं   उपत्यकामा संचालनमा आएको ट्याक्सीमाण्डु अनलाईन ट्याक्सी बुकिङ गर्ने नयाँ प्रविधिको एप्लीकेसन हो। यसबाट मानिहरुले घर मै बसी बसी ट्याक्सीमाण्डु एप्लीकेसन डाउनलोड गरेर आफू जहाँ भएपनि पुग्ने गन्तव्यको सम्मको लागि प्रयोग गर्न सकिन्छ।

काठमाडौं उपत्यकामा मात्र सेवा दिइरहेको ट्याक्सीमाण्डुले आगमी अंग्रेजी वर्ष २०२३ सम्म नेपालका मुख्य १० शहरसम्म पुर्‍याउने लक्ष्य लिएको ट्याक्सीमाण्डुका प्रवन्ध निर्देशक अर्जुन केसी बताउँछन्। उनका अनुसार अहिले उपत्यकामा ३२ सय ट्याक्सी आवद्ध छन्। ४० हजार भन्दा बढी प्यासेन्जर एप डाउनलोड भइसकेको छ।

यो सेवा हाल उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपसरमा मात्र भएपनि विदेशबाट पनि सिधै बुकिङ गर्न सकिन्छ। ट्याक्सीमाण्डु एप डाउनलोड गरिसकेपछि ‘सेडुल राईट’ भन्ने अपसनमा क्लिक गरिसकेपछि त्यहाँ नेपाल आउने मिति र जाने गन्तव्य लेखिसकेपछि उपत्यका बाहिर पनि सेवा दिदैँ आएको छ। बाहिरबाट गलभग ४० प्रतिशत जति यात्रुहरु पोखरा, चितवन, बुटवल र झापा सम्मको यात्रुहरुले विदेशबाट नै बुकिङ गर्ने गरेको निर्देशक केसीले बताए।

ट्याक्सीमाण्डु नै किन ?
केसीका अनुसार अहिले प्रयोगमा आइरहेको अन्य सेवाभन्दा ट्याक्सी नै सहज हुन्छ। बाइकको सेवामा एक्लैमात्र प्रयोग गर्न मिल्ने हुन्छ भने ट्याक्सीमा परिवार नै आवश्यक ठाउँहरुमा सँगै बसेर जान सकिन्छ।

‘यो एपको प्रमुख उदेश्य भनेको नै सुरक्षा र सहजता हो। अर्को कुरा सामान्य अरु ट्याक्सी प्रयोग गर्नु र यो एप गर्नुमा धेरै फाइदा छ,’ उनले भने, ‘यो एपबाट लिएको ट्याक्सी कुन बाटो जाँदैछ ? कुन ड्राइभरले गाडी चलाएको छ। सबै कुराहरु कार्यालयमा रेकर्ड भएको हुन्छ। त्यसकारण रातको समयमा पनि सबैभन्दा सुरक्षित माध्यम हो। र जानुपर्ने गन्तव्य सम्मको शुल्क अग्रिम तोकिने हुनाले शुल्क बार्गेनिङ गरिरहनु पर्ने अवस्थाबाट मुक्त रहेको छ।’

https://youtu.be/I4U1kBFypQo




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.