निरन्तर घट्दै सेयर बजार, लगानीकर्ता तनावमा
काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ । मंगलबार नेप्से परिसूचक १४.२६ अङ्कले घटेर २ हजार ५२७.५८ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा १ अर्ब ७५ करोड ६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । यस कम्पनीको ७ करोड ९१ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार ४७ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ ।
मंगलबारको कारोबारमा १३ उपसुचकमध्ये नन् लाइफ इन्स्योरेन्स उपसुचक बाहेक बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा इमर्जिङ्ग नेपाल र नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन्। भने, एनआईबिएल सम्वृद्धि फण्ड र मिर्मिरे माइक्रो फाइनान्सका लगानीकर्ताले अधिक गुमाएका छन् ।







डिसी नेपाल








Facebook Comment