सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक
सुर्खेत। मंगलबार सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यकालिका सार्वजनिक गरेको छ। संघले निर्वाचन समिति सचिवालयको स्थापना गर्दै मतदाता नामावलीसहित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
सुर्खेत उद्योग वाणिज्य संघको १३ औं कार्यसमितिको लागि यही चैत २६ गते हुने निर्वाचन प्रयोजनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले चैत १५ अर्थात मंगलबार २०१४ जना मतदाताहरूको नामावली प्रकाशन गरेको छ।
चैत १६ गते बिहान ११ बजेदेखि १८ गते ३ बजेसम्म प्रालि साझेदारी फर्म र कम्पनी लगायतको मतदाता सूचीमा नाम समावेश हुने गरी प्रतिनिधि पठाउने, प्रा।लि। साझेदारी फर्म र कम्पनी समेतको मतदाता सूचि प्रकाशन चैत १८ गते दिउँसो ४ बजेसम्म गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ।
यस्तै, मतदाता नामावलीमा दाबी विरोध चैत १९ गते बिहान १० बजेदेखि साँझ ३ बजेसम्म, चैत १९ गते दिउँसो ४ बजेपछि उजुरी उपर निर्णय र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ।
चैत २० गते बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म उम्मेदवारी दर्ता, दिउँसो ४ बजेपछि उम्मेदवारहरूको सूची प्रकाशन, चैत २१ गते बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्म उम्मेदवारी उपर दाबी विरोध, दिउँसो तीन बजेपछि दावी विरोध उपर निर्णय र उम्मेवादरहरूको अन्तिम नामावली प्रकाशनको कार्यतालिका तय भएकोे निर्वाचन समितिले जनाएको छ।
यस्तै, चैत २२ गतेदेखि २४ गते रातको १२ बजे सम्म प्रचार–प्रसार अवधि, २४ गते रातको १२ बजेपछि मौन अवधि र चैत २६ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान र मतदान पश्चात मतगणना र मतगणना सम्पन्न भएपछि परिणाम घोषणा गरिने निर्वाचन समितिले बताएको छ । निर्वाचनका लागि उत्तम आचार्य, नन्द भण्डारी र भानुभक्त गौतम सम्मिलित निर्वाचन मण्डल पनि गठन भएको छ।







डिसी नेपाल








Facebook Comment