अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१६ चैत २०७८ ८:५१
928
Shares

काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २८ पैसा र बिक्री दर १२१ रुपैयाँ ८८ पैसा कायम गरेको छ। मङ्गलबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्री दर १२२ रुपैयाँ १६ पैसा कायम गरेको थियो।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ९४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ७२ पैसा र बिक्री दर १५९ रुपैयाँ ५० पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५४ पैसा र बिक्री दर १३० रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ९५ पैसा र बिक्री दर ९१ रुपैयाँ ४० पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ६३ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ८२ पैसा र बिक्री दर ९ रुपैयाँ ८७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०४ पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ३३ पैसा र बिक्री दर ३२ रुपैयाँ ४९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ ०१ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.