बुधबार ४ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। साताको कारोबारको चौथौ दिन बुधबार सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुन प्रति तोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला ९८ हजार ८ सय रुपैयाँ रहेको पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको भाउ तोलाको ९८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।
यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँ निर्धारण भएको छ। मंगलबार चाँदी प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment