आरम्भ चौतारी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश र साधारण सभा प्रयोजनार्थ चैत १७ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश तथा साधारण सभामा भाग लिन पाउने छन्।
कम्पनीले २१ प्रतिशत लाभांश पारित गर्न चैत २७ गते साधारण सभा बोलाएको छ। सभा बनेपा पार्टी भेन्यू बनेपा ८ काभ्रेपलाञ्चोक बिहान ११ बजे सुरु हुनेछ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट २१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेश गर्ने भएको छ। साथै कम्पनीको प्रवन्धपत्र र नियमावली पनि संशोधन गर्ने एजेण्डा रहेको छ।
यसैगरी, सभामा कम्पनीको आर्थिक वर्ष २०७७/७८को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।







डिसी नेपाल








Facebook Comment