सुनको मूल्य ८ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार छापावाला सुन प्रति तोला ९९ हजार ७ सय रुपैयाँ कायम भएको छ।
बिहिबार प्रति तोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ८ सयले बढेर प्रति तोला ९९ हजार ७ सय रुपैयाँ रहेको पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको भाउ तोलाको ९९ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।
यता, चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँ निर्धारण भएको छ। बिहिबार चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment