त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन महिनामा ६ लाख ४० हजारभन्दा बढीले गरे आवतजावत

डिसी नेपाल
२० चैत २०७८ १६:५२
64
Shares

काठमाडौं । पछिल्लो तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट ६ लाख ४० हजार ८१८ जनाले आवतजावत गरेका छन् ।

अभ्यागमन विभागका अनुसार सन् २०२२ जनवरी देखि मार्चसम्म तीन महिनाको अवधिमा उनीहरुले टिआइएबाट आवतजावत गरेका हुन् ।

आवतजावत गर्नेमध्ये २ लाख ८६ जना ४४२ जना नेपाल प्रवेश गर्नेहरु थिए भने ३ लाख ५४ हजार ३७६ जना नेपालबाट बाहिरिनेहरु थिए ।

उक्त अवधिमा टिआइएबाट आवतजावत गर्नेमा ४ लाख ९२ हजार ७४३ जना नेपाली र १ लाख ४८ हजार ७५ जना विदेशी रहेका थिए ।

बितेको तीन महिनामा ७८ हजार ७४७ जना विदेशी नेपाल आएका थिए भने ६९ हजार ३२८ जना विदेशी नेपालबाट स्वदेश फर्केका थिए ।

सोही अवधिमा टिआइए हुँदै २ लाख ७ हजार ६९५ जना नेपाली स्वदेश फर्केका थिए । उक्त समयमा २ लाख ८५ हजार ४८ जना नेपाली विभिन्न देश गएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.