बलेफी हाइड्रोपावरको १८ लाख २७ हजार ९७० कित्ता आइपिओ भर्ने आज अन्तिम मौका

डिसी नेपाल
२१ चैत २०७८ ९:२९
56
Shares

काठमाडौँ। बलेफी हाइड्रोपावर कम्पनीको १८ लाख २७ हजार ९ सय ७० कित्ता आइपिओ भने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत १६ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको आइपिओ बिक्री खुल्ला गरेको हो।

कम्पनीले जारी गरेको आइपिओमध्ये ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

यस आइपिओमा बिक्री प्रबन्धकको काम ग्लाेबल आईएमई क्यापिटलले गर्ने भएको छ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ। इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई ‘इक्रा एनपी–आईआर- बीबी प्लस’ रेटिङ प्रदान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.