सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न युथ फोरम हुने
काठमाडौं। सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको युथ फोरमको तयारी अन्तिम चरणमा पुगेको छ।
राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौंको एभरेष्ट होटलमा चैत्र २५ र २६ गते हुने ‘को-अपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। सहभागिताको लागि नाम दर्ताको काम समेत भइरहेको छ। उक्त फोरमको सहआयोजकमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुउद्देश्यीय सहकारी संस्था रहेका छन्।
फोरममा देशभरका २५० सहकारीका सञ्चालक, युवा उद्यमी र प्रतिनिधिको सहभागिता रहने महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले बताए । फोरममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुती समेत हुने उनले बताए ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका गोविन्द घिमिरे,अष्ट्रेलियाका पूर्वराजदुत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोका लगायतले नेपालमा युवा र उद्यशीलता विषयमा कार्यपत्र प्रस्तुत गर्ने संयोजक ढकालले जानकारी दिए ।







डिसी नेपाल








Facebook Comment