मंगलबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२२ चैत २०७८ ८:५९
424
Shares

काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५८ पैसा र बिक्री दर १२१ रुपैयाँ १८ पैसा कायम गरेको छ। सोमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१ रुपैयाँ ५७ पैसा कायम भएको थियो।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ १५ पैसा र बिक्री दर १५९ रुपैयाँ ९३ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्री दर १३१ रुपैयाँ ६८ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ७२ पैसा र बिक्री दर ९१ रुपैयाँ ०७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ९६ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ८३ पैसा र बिक्री दर ९ रुपैयाँ ८८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९५ पैसा र बिक्री दर १९ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ १४ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ०१ पैसा र बिक्री दर ३३ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.