निर्वाचन आचारसंहिता विपरीत बालबालिकाको प्रयोग

डिसी नेपाल
२१ वैशाख २०७९ १५:३५
64
Shares

बारा। बारामा निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग गरिएको छ। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन आचारसंहिताविपरीत १८ वर्षभन्दा मुनिका बालबालिका राजनीतिक कार्यक्रममा प्रयोग भएका देखिएको छ।

निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिसेको छ। स्थानीय तहको निर्वाचन भयरहित तथा निष्पक्ष रुपमा सम्पन्न गर्न गत २५ चैत्रदेखि निर्वाचन आचारसंहिता पनि लागु गरिएको छ। तर, बारामा निर्वाचन आचारसंहिता उल्लंघन भइरहँदा पनि सम्बन्धित पक्ष मुखदर्शक बनेको पाइन्छ।

आचारसंहितामा निर्वाचन प्रचार कार्यमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्ने नमिल्ने, भोज भतेर गर्ने नपाइने, कुनै पनि पार्टीको चिह्न अंकित कपडा लगाउन नपाइने जस्ता विषय समावेश छन। तर, बारामा उम्मेदवारी दर्ता गरिएको दिनदेखि नै उम्मेदवारहरूले भोजभतेर र बालबालिकाको प्रयोग गरिरहेको देखिएको छ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपालसहित सबै पार्टीको चुनाव चिह्न अंकित पोशाक लगाएर हिँडेका कार्यकर्ताहरू पनि बजारमा छ्यापछ्याप्ती भेटिएका छन्।

उम्मेदवारहरूले आचारसंहिताविपरीत आफ्नो चुनावी प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गरेको पाइएको छ। उम्मेदवारहरूले बालबालिकालाई पर्चा वितरणदेखि भित्तामा पोस्टर टाँस्नसमेत प्रयोग गरेको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.