डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रका रोकाया विजयी

डिसी नेपाल
३१ वैशाख २०७९ १६:१४
56
Shares

सुर्खेत।डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका नारासिंह रोकायले सात सय ७० मत पाएर विजयी भएका हुन् ।

रोकायका प्रतिस्पर्धी नेकपा एमालेका हेमबहादुर महताराले सात सय ४६ मत ल्याएका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छिन् ।

उनले सात सय ५९ मत ल्याइन् भने प्रतिस्पर्धी एमालेकी चन्द्रावति थापाले सात सय ४९ मत पाएकी छन् । ६ वडा रहेको पालिकामा दुई वडामा माओवादी, तीन वडामा एमाले र एउटामा कांग्रेस विजयी भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.