धनगढीमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल

डिसी नेपाल
२ जेठ २०७९ १०:३४

धनगढी। सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले लगातार मतान्तर बढाएका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, १८ र १९ बाट गरी जम्मा ८ हजार ७०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हमाल ३८२९ मत ल्याउँदै अग्र स्थानमा छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नृपबहादुर वडले २०८५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार चन्दले ९३८ मत मात्रै पाएका छन्।

सुरुदेखि नेतृत्व गर्दै आएका हमालले ८ हजार ७०० मत गणना हुँदासम्म दलका उम्मेदवारभन्दा १७३८ मत बढी ल्याएर आफूलाई बलियो बनाउँदै लगेका छन्।

अहिलेसम्म धनगढीका वडामध्ये १९ नम्बरमा मात्रै हमाल दलका उम्मेदवारभन्दा पछाडि परेका छन्। १९ नम्बर वडामा हमालभन्दा ३ मतले एमालेका रणबहादु चन्द अगाडि छन्। अन्य वडामा भने हमालकै अग्रता छ।

धनगढी–१ मा मतगणना सकिएको छ भने अन्य वडामा जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.