झापाका दुई पालिकामा मत गणना स्थगित

डिसी नेपाल
२ जेठ २०७९ १३:२१
412
Shares

झापा। झापाका दुई स्थानीय तहमा मत गणना स्थगीत भएको छ। गणनाको क्रममा विवाद आएपछि शिवसताक्षी र गौरीगञ्ज नगरपालिकामा गणना स्थगित भएको हो।

दुवै स्थानीय तहमा मतदानका दिन खसेको मतको मुचुल्का र गणना गर्दाको मतपत्रको सख्यामा फरक परेपछि विवाद उत्पन भएको छ। शिवसताक्षी-१ को मत गणना गर्दा ५४ मतपत्र हराएको छ। यहाँ एमालेको प्यानल नै विजयी भइसकेको छ।

उक्त वडामा तीन हजार ८२ मत खसेको मुचुल्का छ। तर, मत गणनाका वेला भने तीन हजार २८ मतपत्र मात्र भेटियाे। यहाँ निर्वाचन अधिकृतनै फेर्ने तयारी भएको छ। स्थानीयले रातभर निर्वाचन अधिकृतको कार्यालयमा नाराबाजी गरेका थिए।

गौरीगञ्ज गाउँपालिकामा भने मतदानको दिन गरिएको मुचुल्का भन्दा मतपेटिकामा खसेको मतपत्र धेरै देखिएपछि विवाद भएको छ। गौरीगञ्ज्–१ को गणना गर्ने क्रममा धेरै मत भेटिएको हो। अहिले सर्वदलीय बैठक गरेर समस्या समाधानको तयारी भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.