गाउँपालिकाका निवर्तमान अध्यक्ष बस्‍नेत वडा सदस्यमै पराजित

डिसी नेपाल
३ जेठ २०७९ ९:४७
600
Shares

सुर्खेत। सुर्खेतकाे बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्‍नेत वडा सदस्यमै पराजित भएका छन्।

बराहताल गाउँपालिका-८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्‍नेतलाई एमालेका प्रेमराज लिम्बु र छविलाल जैसीले हराएका हुन्। बस्‍नेतले ५३९ मत मत पाएको थिए भने लिम्बुले ५९१ र जैसीले ५७८ मत पाएका थिए।

उनी ०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए। तर, ३० वैशाखमा भएकाे निर्वाचनमा उनी वडा सदस्यमा भिडेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.