चन्दननाथ नगरपालिकामा कांग्रेसलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार कठायत बिजयी

डिसी नेपाल
४ जेठ २०७९ १२:०३
72
Shares

जुम्ला। जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथकाे मेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायत मेयरमा विजयी भएका हुन्।

कठायतले दुई हजार चार सय तीन मत प्राप्त गरेका छन्। कांग्रेसबाट मेयर पदका उम्मेदवार बनेका पदमबहादुर शाहीले दुई हजार तीन सय ४१ मत ल्याएर पराजित भए।

उपप्रमुखमा कांग्रेसकी रामदेवी खड्का विजयी भएकी छन्। खड्काले दुई हजार आठ सय आठ मत मत प्राप्त गरेकी छन् ।
नगर उपप्रमुखका प्रतिस्पर्धी समाजवादीका भीमबहादुर थापाले एक हजार ६ सय ८६ मत प्राप्त गरेका छन् । माओवादीका उम्मेदवार पूर्णिमा विकले एक हजार ६ सय ३३ मत प्राप्त गरे।

कठायतले चन्दननाथ नगरपालिकामा कांग्रेसले आफूलाई टिकट नदिएको भन्दै कांग्रेसको महासमिति सदस्यबाट राजीनामा दिई स्वतन्त्र उम्मेदवार दर्ता गराएका थिए । कठायतले एकीकृत समाजवादी र राप्रपासँग गठवन्धन गरेका थिए। माओवादी केन्द्र र अन्य दलहरूको लोकप्रिय मत लिएर स्वतन्त्र उम्मेदवार कठायत विजयी भएका हुन्।

लामो समय निर्माण व्यवसायीमा लोकप्रिय काम गरेर धेरैलाई रोजागर र रोजिरोटी दिएका कठायतले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेस र माओवादीको पकट मानिएको नगरपालिकामा किल्ला तोडिएको छ। यतिसम्म कि कठायतको क्षेत्र वडा नम्बर ५ मा एक सय ८५ बढी कांग्रेसका क्रियाशील सदस्य भए पनि एक सय मत क्रस हुन सकेन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.