गणना ढिलो भएपछि पोखरामा थपियो गणनास्थल

डिसी नेपाल
४ जेठ २०७९ १३:०४
232
Shares

पोखरा। पोखरा महानगरपालिकामा अहिलेसम्म ७ वडाको गणना सकिएको छ। १, २, ३, ४, १२, २३ र २६ नम्बर वडाको गणना सकियो। गणना सुरु गरेको चार दिन भइसक्दा बल्ल ३५ हजार गणना सकिएको छ। यहाँ १ लाख ४३ हजार मत खसेको छ।

गणनामा ढिलासुस्ती भएपछि अहिले गणनास्थल थप गरिएको छ। सुरुमा ८ ठाउँबाट गनिएको मत १३ ठाउँबाट गन्न थालिएको हो। यहाँ अझै २८ वडाको मत गन्न बाँकी छ।

अन्तिम परिणाम आउन अझै लामो समय कुर्नुपर्ने देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पटक पटक गरेर ५ ठाउँमा गणना स्थल थपेको छ। कास्कीका बाँकी ४ पालिकाको नतिजा आइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.