मनहरीमा गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

डिसी नेपाल
५ जेठ २०७९ ०:०१
20
Shares

मकवानपुर । मनहरी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सीता पुलामी विजयी भएका हुन् ।

कालाखेतीले ९ हजार ३ सय १६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४ हजार ९ सय ७० मत पाए । उप्रेती गाउँपालिकाको निवर्तमान अध्यक्ष पनि हुन् ।

उपाध्यक्षमा सीता पुलामीले ६ हजार ४ सय ७० मत प्राप्त गर्दै विजयी भइन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सुजिता थिङले ५ हजार ४ सय ५४ मत प्राप्त गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.