भक्तपुरकाे सूर्यविनायक नगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै एमाले विजयी

डिसी नेपाल
५ जेठ २०७९ ८:१०
132
Shares

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ। नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन्।

प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सरिता खतिवडाले जानकारी दिइन्। थापा १४ हजार ७५८ मतका साथ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निशान ढुङ्गेलले १३ हजार २३२ मत प्राप्त गरे।

त्यसैगरी उपप्रमुखमा भट्टराई १४ हजार ४९० मतसहित निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका श्याम बस्नेतले ६ हजार ६६१ मत प्राप्त गरे।

एमालेका उम्मेदवार वडा नं १, ५, ७, ८ र १० वडामा तथा बाँकी ५ वडामा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.