स्थानीय तह निर्वाचनः ४६२ स्थानको परिणाम सार्वजनिक, कुन स्थानमा कुन दलको अग्रता ?

डिसी नेपाल
५ जेठ २०७९ १२:०९
308
Shares

काठमाडौं।बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ।कुल ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हाल ४६२ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ।

अहिले सम्मको परिणाममा नेपाली कांग्रेसले सबैभन्दा धेरै पलिकाहरुमा जित निकाल्दै अग्रस्थानमा रहेको छ। कांग्रेसले २५० वटा पालिकाको प्रमुख जित्दै ६९ स्थानीय तहमा अग्रता लिइरहेको छ।

कांग्रेस पछि नेकपा एमालेले १६२ पालिकाको प्रमुख जितेर ३७ स्थानमा अग्रता लिइरहेको छ।नेकपा (माओवादी केन्द्र) १०५ स्थानीय तहमा जित निकाल्दै तेस्रो स्थानमा रहेको छ। माओवादीले १३ स्थानीय तहमा अग्रता लिइरहेको छ।

जनता समाजवादी पार्टी नेपाल(जसपा)ले १५ पालिका प्रमुखमा जित निकाल्दै १९ स्थानमा अग्रता लिइरहेको छ।त्यस्तै नेकपा (एकीकृत समाजवादी)पार्टीले १२ पालिकामा जित निकाल्दै ७ स्थानमा अग्रता लिइरहेको छ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले १ स्थानमा जितेर ११ स्थानमा अग्रता लिएको छ। र अन्यले १९ स्थानको प्रमुखमा जित निकालेर १४ स्थानमा अग्रता बनाइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.