एमालेले जित्यो दुई सयभन्दा बढी पालिका प्रमुख

डिसी नेपाल
१० जेठ २०७९ १२:४१
236
Shares

काठमाडौं। नेकपा एमालेले दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ। दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ । नेपाली कांग्रेसले ३२२ पालिका प्रमुख तथा अध्यक्ष जितेको छ।

निर्वाचन आयोगले हालसम्म मतगणना सकेको ७४० पालिकामध्ये २०२ वटाको अध्यक्ष तथा प्रमुख जित्न एमाले सफल भएको हो। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने कांग्रेसपछि एमाले दोस्रो ठूलो दल बनेको छ।

वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन भएको थियो । हाल ११ पालिकामा मतगणना जारी रहेको छ, जसमध्ये तीनवटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.