नेपाललाई कता लगिँदै छ?

डिसी नेपाल
१८ असार २०७९ ७:५३

यो आँखाले कुनैपनि नराम्रो कुरा देख्न नपरोस् भनिन्छ। यही हातले कुनैपनि नराम्रा काम गर्न नपरोस् पनि भनिन्छ। अनि त्यस्तै यो मस्तिष्कले पनि कुनै नचाहिँदो कुरा सोच्न नपरोस् भन्छ।

वेद शास्त्रले पनि यही कुराहरु दोहोर्याई आएको छ भने नीतिशास्त्रले पनि यसैलाई औंल्याइरहेको छ। तर मानिस स्वभावको प्राणी हो, जसले जे गर्न हुन्न भनेको छ त्यही कुरालाई निशाना बनाइ हेरिरहेको हुन्छ गरिरहेको हुन्छ र सोचिरहेको हुन्छ।

नेपाल यसमा अछुतो हुन सकेन। विश्वको मान चित्रमा एउटा बिन्दु जत्रो देखिने यो देश एकताका लिच्छबी कालीन शासन काल स्वर्ण युगले विभूषित भएकै थियो। अनेक वास्तुकलात्मक मठ मन्दिरहरु, पाटी, पौवा, चौतारा र पानीका धाराहरु समाजको आबस्यकतानुसार निर्माण भएका थिए। मानिसका विभिन्न इच्छा आकांक्षााहरु न्यून थिए, शान्त रुपमा जीवन बितेको थियो। राजनैतिक अबस्था ठिक थियो। आर्थिक अबस्था,समाज, संस्कृति र संकार बलियो थियो।

मल्ल कालमा आएर राज्य शाशनहरु टुक्रे राज्यहरुमा रहेको थिया।े आ–आफ्ना शैलीबाट ती राज्यहरु चलेका थिए। जनताहरु गरिब थिएनन्। शान्त मन लिएर आफ्नो जीवनयापन गरिरहेका थिए। सबैलाई कमसेकम खान लाउन र बस्न एक झोपडी मिलेको थियो।

संसारको राजनीति, अर्थनीति समाज संकार र संस्कृतिबाट पर रहेर एक अनौठो तर सकारात्मक स्वरुपमा देश चलेको थियो। अभाब र समस्या न्यून थिए। समय बित्दै जाने क्रममा गोरखा जिल्लामा महाराजा पृथ्वी नारायण शाहको राजशासनको उदय भयो। महत्वाक्षी र राष्ट्र प्रेमी राजा हुनाको कारण आफ्नो सारा शासनकालको जीवन नेपाल एकीकरणमा प्रयोग गरे र अन्तत टुक्रे राज्यहरुलाई बिस्तारै एकीकरण गरी नेपाललाई एक नेपाल अधिराज्यमा समेट्न सफल भए।

यो नेपालको एकीकरणको हिसाबले नराम्रो पटक्कै होइन। किनकि नेपालै नरहे नेपाली कहाँ रहन्छ र ? यसको अनुपस्थितिमा सम्पूर्ण मानवीय पक्षहरु राजनैतिक, आर्थिक, धार्मिक, सामाजिक, संस्कृति र संस्कारको भबिष्यको बिकाश र समुन्नती कहाँ गर्न सकिन्थ्यो र? राजाको शासन नराम्रो कहाँ थियो र? अनेक छोटे राजाहरु भएपनि पृथ्वी नारायण शाहको शासन कालदेखि राजा वीरेन्द्रको शासनकालसम्म पनि नेपाललाई कसैले दबाउन र गिजोल्न सकेको थिएन।

शाह राजाहरुकै पालामा नेपाल “ग्रेटर नेपाल” बनेको थियो। आजको भारतको दिल्ली र पंजाबसम्म हाम्रो सीमाना थियो। यो सानो कुरा होइन। नेपालको राजनैतिक आर्थिक, धर्म, जल जमिन र जंगलमा अंग्रेजहरुको पहिलेदेखि आँखा लागिरहेता पनि हाम्रा बीर गोर्खालीहरु र साहसिलाा राजाहरुको राष्ट्र प्रेमप्रतिको अगाध माया र उद्बेगले ती गिद्धे आँखालाई फुटाएरै छोडे।

प्रकृतिको सुन्दर छटाहरुले भरिएको, ठूल्ठूला युग पुरुषहरुले तप, ध्यान गरि अहम् ज्ञान प्राप्त गरेको र पश्चिम किल्ला काँगडासम्म भूगोल फैलिएको यो देशलाई नेपालका महाकबि देबकोटाले “नेपाल सुन्दर शान्त बिशाल “ छ भनि त्यसै भनेका थिएनन्।

यस्तो देशमा २००७ सालमा १०४ वर्षको जहानिया राणाशासनको एक तन्त्रीय शासनको जबर्जस्त अन्त्य भइ नेपालमा प्रजातन्त्रको उदय भयो। राजनैतिक चेतनामा भयङ्कर फेरबदल आयो। आर्थिक अबस्थाको गाँठो पनि फुस्किदै गयो। २००७ सालदेखि २०१५ सालदेखि जसो तसो प्रजातान्त्रिक पद्धतिको शासन चल्यो। तर ज्यादै भारतमुखी र परजीबी भएकोले २०१७ सालमा राजा महेन्द्रले देशको पंचायती ब्यबस्था लागू गरी शासन चलाए।

प्रजातान्त्रिक प्रणालीमा राजा महेन्द्रको कमद सही नभए पनि आफ्नो शासन कालमा राजा महेन्द्रले देशको लागि अतुलनीय र बिशिस्ट काम सम्पन्न गरी देशलाई माथि लिएर आएकै हो। देशको भबिष्यको खाका कोरिन थालिएको थियो।

उद्योग कलकारखाना खुल्ने, बाटो घाटोको निर्माण, उत्पादनमा जोड, भुमि सुधार कार्य, धानचामल कारखाना र गोदामको निर्माण ,एकेडेमीको निर्माण,राष्ट्रिय सभागृहको निर्माण, नेपाललाई यु.एन.ओ.को सदस्य राष्ट्र बनाउनु, नेपालले विश्व समक्ष असंलग्न परराष्ट्र नीतिको अबलम्बन गर्नु, पंचशीलको सिद्धान्तलाई अबलम्बन गराउनु, नेपालमा संसारका राष्ट्ररपतिहरुको आगमन गराउनु र संसारलाई चिनाउन आफू पनि विभिन्न सभा सम्मेलनहरुमा भाग लिई नेपालको इज्यत, शान र सौकत बढाउनु कम चानचुने कुरा थिएन।

राजा महेन्द्र पश्चात श्री ५ वीरेन्द्रको पालामा पनि अबस्था खस्केको थिएन। आकर्षक व्यक्तित्व, संसारका प्रख्यात विश्व बिद्यालयमा उच्च अध्ययन गरेका, सबै राष्ट्रपतिहरुसँग आँखामा आँखा जुदाई उच्च छलफल गर्न सक्ने र परराष्ट्र मामिलाका जानकार व्यक्ति थिए राजा वीरेन्द्र। शान्तिका अग्रदूत भएर नेपाललाई शान्ति क्षेत्र बनाउने कुरामा उनी संसारभर लागे तर आफ्नो देशको भबिष्यको लागि कसैको पनि दवाब र प्रभावमा कहिले परेनन्।

त्यति बेला पनि चीन, बेलायत, रुस, भारत जर्मनी, फ्रान्स र संसारका अन्य देशहरुसँग राम्रो सम्बन्ध थियो। देश शान्त वातावरणमा चलिरहेको थियो। मुख्यत : विदेशीहरुको बाहुल्यता, हालीमुहाली गिजोल गाजोल, दवाब र प्रभाब बिल्कुल थिएन। नेपालका युवाशक्ति धेरै विदेश पलायन हुनु परेको थिएन। नेपालको बिदेशी मुद्रा स्थिर

समष्टिगत रुपमा राजशाशनमा नेपाल विश्वको अगाडि त्यत्ति कमजोर थिएन। यो कुरा सबैले बुझ्नु पर्दछ। त्यो शाशनको नेपालको भबिष्य नराम्रो पटक्क थिएन। तर जब २०४७ सालमा नेपालमा राजा वीरेन्द्रको समयमानै कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नयाँ संबिधान पनि बनेकै हो जुन संबिधान नेपालकै उत्कृष्ट कहलिएको थियो।

यो स्थिर सरकारको राजा शाशन बिदेशीहरुलाई चलखेल गर्न सजिलो भएन। त्यसपछि घटनाहरुको जालो बुनिन थालियो। कृष्णप्रसाद भट्टराईलाई आफ्नै पार्टीका सहकर्मी गिरिजा प्रसाद कोइरालाले षडयन्त्र गरि हटाउने काम भयो। फेरि गिरिजा प्रसादले आफ्नै बहुमतको सरकार ढलाउन पुगे।

पार्टीका नेताहरुलाई विदेशीले विभिन्न लोभमा फसाई कमजोर बनाए। दरबार हत्या काण्ड गराई राजा वीरेन्द्रको सम्पूर्ण बंशनास नै गराइयो। यो बिदेशीको दवाब प्रभाब र घुसपैठ नभए अरु के होला र? उता माओबादीलाई देश कब्जा गर्ने प्रलोभनमा पारेर आन्दोलन छेड्ने काम पनि गराइयो। सम्पूर्ण नेताहरु लोभमा फसे। सम्पूर्ण कार्यकर्ताहरु त्यसैको पछि लागे र सम्पूर्ण राष्ट्र सेवकहरु नीति भ्रष्ट र घुस्याहा बने।

विभिन्न आईएनजीओले र एनजीआले भ्रमको खेतिगरी बिकाशको नाममा पैसाको खोलो बगाए तर बिकाश भने विदेशको दवाब प्रभाब र धम्कीले भबिष्यको शान्त नेपालमा तुषारापात ल्यायो।

नेताहरु पनि लोभी स्वार्थी बनेर राष्ट्रिय स्वार्थ त्यागि व्यक्तिगत स्वार्थ र दलगत स्वार्थमानै लिप्त भई अन्तत बिदेशी उन्मुख हुन पुगे। यही समयमा अनेकौं आर्थिक अनियमितता र चल खेल बढ्दै गयो। देश भ्रष्टाचारले गनाउन थाल्यो। २०५१, २०६३/६४ साल हुँदै २०७२ सालमा ६ अर्व रुपैयाँ खर्च गरि संबिधानसभा मार्फत संबिधान बनाउन बाध्य बनाइयो र राजसंस्थालाई अनेक प्रपञ्च रचेर निर्मुल पारियो।

नेपालमा एक्कासी गणतन्त्र र धर्म निरपेक्षताको नयाँ र अकल्पनीय ब्यबस्था सुरु भयो। यत्रो राष्ट्रिय महत्वको बिषय जनतासँग एक बचन र जनमत नलिई यो ब्यबस्था नेपालमा एक्कासि भित्रिनु भनेको यो बिदेशीको षडयन्त्र नभए अरु केही हुनै सक्दैन।

त्यसपछि नेपाल बिदेशीको गोटी बन्न पुग्यो। नेपालको हरेक पक्षको भबिष्य डरलाग्दो रुपमा प्रकट हुन पुग्यो। बहुमतको सरकार पनि कतै न कतैबाट निहु निकाली ढाल्ने अवस्था सृजना भयो। चाहे त्यो कांग्रेसको होस् वा कम्युनिस्टहरुको होस्। ६÷६ महिनामा सरकार ढल्ने र बन्ने हुँदा सरकारको सारा संयन्त्र धारासायी बन्न पुग्यो र सरकार मनपरीतन्त्रले चल्न थाल्यो।

एउटा एउटा निउमा पार्टी फुटाउने काम सुरु भयो। चुनाबमा हारेपनि प्रधानमन्त्री हुने र राष्ट्रिय सभाको सानदार पदमा जाने जस्ता हर्कत पार्टीका नेताहरुको हुन जानु यसमा नेताहरुको भ्रष्ट मानसिकताको उपज हो।

त्यस्तै संसदबाट प्रधानमन्त्री चयन नभई सिधै सर्बोच्चबाट प्रधानमन्त्रीको नामै तोकी मनोनयन र नियुक्ति गर्ने जस्ता प्रजातन्त्रका बिखालु प्रबृत्ति अपनाउने र सारा देशका संरचनालाई धुजा धुजा बनाउने काम काम यी नेताहरुको र बिदेशीको चलखेल नभए अरु कसको हुन सक्छ ?.यसरी बिदेशीको आडमा र भरोसामा सरकारमा ताण्डब नृत्य गर्ने र गराउने बिदेशी नभए अरु को नै हुन सक्छ र? यसले अब नेपालको भबिष्यको राजनैतिक र आर्थिक दर्पण कस्तो देखिने हो र कहाँ गएर यो देश भासिने हो भन्ने चिन्ता नेपाली जनतामा छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *