दाङ क्षेत्र नं २ : माओवादीबाट उपाध्यक्ष महरासहित तीन जनाको नाम सिफारिस

डिसी नेपाल
२६ भदौ २०७९ २२:४९

दाङ । नेकपा (माओवादी केन्द्र) क्षेत्र नं २ दाङले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दाङ क्षेत्र नं २ बाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित तीनजनाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका नेता शेसुराम भण्डारीले जानकारी दिए ।

महरा २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए् भने शर्मा समानुपातिक सांसद हुन् । त्यस्तै आचार्य २०७० सालको निर्वाचनमा क्षेत्र नं २ बाट उम्मेदवार भए पनि पराजित भएका थिए । यस क्षेत्रबाट नेकपा (एमाले) ले पार्टी महासचिव शङ्कर पोखरेललाई एकल उम्मेदवारका पमा सिफारिस गरेको छ भने नेपाली कांग्रेसले राजु खनाल, घनश्याम रेग्मी, किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम सिफारिस गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *