अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राकाे विनिमय दर सार्बजनिक गर्दै अमेरिकी डलर एकको खरिद मूल्य १२९ रुपैयाँ ०८ पैसा र बिक्रीमूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको छ। बिहिबार अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ २७ पैसा रहेको थियो।
युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ ५७ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४७ रुपैयाँ ०२ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६७ पैसा र बिक्री दर ८६ रुपैयाँ ०७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ २९ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ०५ पैसा र बिक्री दर ९ रुपैयाँ ०९ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २४ पैसा र बिक्री दर १८ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ३१ पैसा र बिक्री दर ३४ रुपैयाँ ४७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३३ पैसा र बिक्री दर ३५ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १७ पैसा र बिक्री दर ९ रुपैयाँ २२ पैसा कायम भएको छ।







डिसी नेपाल







Facebook Comment