सिटिजन्स बैंकले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
७ असोज २०७९ ९:१२
380
Shares

काठमाडौँ। सिटिजन्स बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको ४०३ औँ बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

बैंकले चुक्तापुँजी रु. १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ कराड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.