दसैंमा ४ सय क्वीन्टल चामल हेलिकोप्टरबाट ढुवानी गरेर टिंकर र छाङरु पठाउँदै खाद्य कम्पनी

डिसी नेपाल
९ असोज २०७९ ८:०१
188
Shares

काठमाडौं। दसैंका लागि दार्चुलामा ४ सय क्वीन्टल चामलसहित खाद्यान्न हेलिकोप्टरमार्फत् ढुवानी गरिने भएको छ।

टिंकरमा १६० र छाङरुमा २४० क्वीटल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार बोलपत्र आह्वान गरेको छ।

कम्पनीको शाखा कार्यालय दार्चुलादेखि दार्चुलाको व्यास गाउँपालिको टिंकर र छाङरुसम्म हेलिकप्टबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य सिलबन्दी पेस गर्न भनिएको छ।

स्वीकृत भएको हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले १४ असोजमा कम्पनीसँग सम्झौता गर्नुपर्ने छ। र, दसैैं अघि नै खाद्यान्न ढुवानी गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.