यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राकाे विनिमय दर सार्बजनिक गर्दै अमेरिकी डलर एकको खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य १२९ रुपैयाँ ८९ पैसा रहेको छ।
युरोपियन यूरो एकको खरिद दर १२६ रुपैयाँ २० पैसा र बिक्री दर १२६ रुपैयाँ ७९ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ १० पैसा र बिक्री दर ८५ रुपैयाँ ४९ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ०८ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ०५ पैसा र बिक्री दर ९ रुपैयाँ १० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १६ पैसा र बिक्री दर १८ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ३९ पैसा र बिक्री दर ३४ रुपैयाँ ५५ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३८ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १३ पैसा र बिक्री दर ९ रुपैयाँ १७ पैसा कायम भएको छ।







डिसी नेपाल







Facebook Comment