नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गर्यो लाभांश दिने घोषणा
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आफ्नो सेयरधनीहरुको लागि लाभांश दिने घोषणा गरेको छ। बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४.२१०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने निफ्राले जनाएको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment