बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)को लाभांश घोषणा, कुनको कति ?
काठमाडौँ। बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले आफ्नो सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। दुवै कम्पनीको गत असोज ६ गते बसेको सञ्चालक समितिको बैठक आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश दिने निर्णय भएको हो।
बोटलर्स नेपालले प्रतिसेयर २० रुपैयाँ र बोटलर्स नेपाल (तराई)ले प्रतिसेयर ६० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश दुवै कम्पनीको वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment