सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१२ असोज २०७९ १०:३३
76
Shares

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले १९ हजार ७१० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनी नवराज बजगाईको नाममा रहेको १९ हजार ७१० कित्ता सेयर बिक्रीमा ल्याएको हो। यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बुधबारबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय बालुवाटार, काठमाडौमा के कति कित्ता खरिद गर्ने सो को व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्नेछ। तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.