सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

डिसी नेपाल
१२ असोज २०७९ १०:३९
52
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ।

मंगलबार प्रति तोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार १ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ५० सय रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.