६.४१ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ४८ करोड ५४ लाखमा सिमित
काठमाडौँ। साताको कारोबारको चौथो दिने बुधबार सेयर बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.४१ अङ्कले उकालो लागेर १ हजार ८३७.४६ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४५ अङ्कले बढेर ३ सय ५९.५९ मा पुगेको छ । कूल २२१ कम्पनीको १३ लाख ७० हजार ४७७ कित्ता सेयर खरिद बिक्री हुँदा ४८ करोड ५४ लाखमाथिको कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेसनल माइक्रोफाइनान्स लघुवित्तको भएको छ। यसको आज ४ करोड ७५ लाखभन्दा बढीको कारोबार भएको छ।
यस्तै, कारोबार भएका १३ वटै उपसमूहमध्ये ४ वटा उपसुचक घटेको छ भने बाँकि सबै उपसमूह बढेको छ। आजको कारोबारमा मन्दाकिनी हाइड्रोपावर र अभियान लघुवित्तका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, ग्लोबल आइएमइ ब्यालेन्स फण्ड र राप्ती हाइड्रो एण्ड जनरल लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment