अमेरिकी डलरको भाउमा उछाल, आज फेरि नयाँ उचाइमा

डिसी नेपाल
१३ असोज २०७९ ९:०७
832
Shares

काठमाडौँ। अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ। डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ थप कमजोर बनेको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बिहिबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १३० रुपैयाँ ८१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर नयाँ उचाइमा पुगिरहेको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ २४ पैसा र बिक्री दर १३० रुपैयाँ ८४ पैसा कायम गरेको थियो।

विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलर बलियो भएसँगै नेपाली, पाकिस्तानी र श्रीलंकाली रुपैयाँ पनि कमजोर भएको छ भने पाउन्ड–युरो पनि कमजोर बनेको छ ।

यो दिन युरोपियन युरो एकको खरिदमा १२५ रुपैयाँ २२ पैसा र बिक्रीमा १२५ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १३९ रुपैयाँ ५९ पैसा र बिक्रीमा १४० रुपैयाँ २३ पैसा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.