भुजुङ हाइड्रोपावरले ५ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

डिसी नेपाल
१३ असोज २०७९ ९:३७
64
Shares

काठमाडौँ। भुजुङ हाइड्रोपावर लिमिटेडले ५ लाख ८५ हजार कित्ता आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५ करोड ८५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो।

सो आइपिओ निष्काशन गर्न कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेमराज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

हाल भुजुङ हाइड्रोपावरको अधिकृतपुँजी रु. ५० करोड, जारी पुँजी रु. ४३ करोड र चुक्तापुँजी रु. ३२.७२५ करोड रहेको छ।

सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ। आयोजनाको कुल लागत रु. ३९ करोड रहेको छ भने कम्पनीले आयोजनाको कुल लागतको १५% अर्थात रु. ५.८५ करोडको साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।

यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.