१६.२९ अंकले बढेर बन्द भयो सेयर बजार, ६३ करोड २४ लाखमाथिको कारोबार

डिसी नेपाल
१३ असोज २०७९ १५:२२
56
Shares

काठमाडौँ। साताको कारोबारको अन्तिम दिने बिहिबार सेयर बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.२९ अङ्कले उकालो लागेर १ हजार ८५३.७६ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८३ अङ्कले बढेर ३ सय ६३.४२ मा पुगेको छ । कूल २२३ कम्पनीको १७ लाख ९१ हजार ४८० कित्ता सेयर खरिद बिक्री हुँदा ६३ करोड २४ लाखमाथिको कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको भएको छ। यसको आज ४ करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ।

यस्तै, कारोबार भएका १३ वटै उपसमूहमध्ये लाइफ इन्स्योरेन्स उपसुचक घटेको छ भने बाँकि सबै उपसमूह बढेको छ। आजको कारोबारमा अभियान लघुवित्त र गुराँस लघुवित्तका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, सिमिलिङ्ग पावर कम्पनी र हिमालयन पावर पार्टनरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.