सुनको मूल्य बढ्यो, चाँदी स्थिर
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार रुपैयाँ तोकिएको छ।
बिहिबार प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी स्थिर रहेर प्रति तोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment