हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ २७ पैसा र बिक्री दर १२७ रुपैयाँ ८५ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४४ रुपैयाँ ९४ पैसा र बिक्री दर १४५ रुपैयाँ ६१ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ १६ पैसा र बिक्री दर ८३ रुपैयाँ ५४ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३४ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९७ पैसा र बिक्री दर ९ रुपैयाँ ०१ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २५ पैसा र बिक्री दर १८ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ५५ पैसा र बिक्री दर ३४ रुपैयाँ ७१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ छ भने बिक्री दर २८ रुपैयाँ १३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ०२ पैसा र बिक्री दर ९ रुपैयाँ ०६ पैसा कायम भएको छ।







डिसी नेपाल







Facebook Comment